आज साउनको पहिलो सोमबार, यि राशिका ब्यक्तिहरु बन्नेछन् मालामाल हेर्नुहोस राशिफल

समाचार

काठमाडौं, २ साउन २ साउन २०७९, सोमबार । साउन महिनाको पहिलो सोमबार । आज शिवालयमा दर्शनार्थीको भीड लाग्ने गर्छ । तद्नुसार १८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष पञ्चमी तिथि, तैतिल करण, पूर्वभाद्रपदा नक्षत्र, शोभन योग, चन्द्रमा कुम्भ राशिमा छ । आजका देवता वृहस्पति र ग्रहदेव सूर्य हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

आज बिहान सूर्योदय ०५ः१९ मा भएको छ भने सूर्यास्त ०७ः०० मा हुनेछ । सोमबार शिवको प्रिय बार हो । आजका दिन शिवको स्मरण मात्रले मन प्रसन्न हुनेछ भन्ने सनातनीय मान्यता रहेको छ । आजको दिन शुरुवात गरेको काममा सफलता मिल्नेछ । सोमबारको दिन बाहन र नयाँ कपडा खरिद गर्दा राम्रो हुनेछ ।

 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार व्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

 

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । आजको दिन व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा समस्या समाधान हुनसक्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.