संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको छ।समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा अर्थका प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए।अर्थका प्राविधिकले पटक–पटक हामीसँग क्षमता छैन भन्नेबाहेक केही जवाफ दिएनन्।
उनीहरूले केही जवाफ नदिएपछि हामीले सफ्टवेयर मगाएका हौं,’ती सांसदले भने,’अहिलेसम्म डिलिट गरिसके अथवा नदिएका हुन् भनेर हामीले हेर्दैछौं। १२ देखि १५ दिनभन्दा धेरै समयको फुटेज राख्ने क्षमता छैन भनेर समेत भनेका छन्।’
गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्ने प्रावधान भए पनि अर्थले त्यस अनुसार राख्ने नगरेको समितिका अर्का एक सांसदले बताए।