नुवाकोटमा दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते !

समाचार

नुवाकोटमा हिजो भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको निधन भएको छ ।

ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.