काठमाडौँ – स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ आफ्नो काममा अविचलित रुपमा सदावहार लागीरहेका छन् । कसैले प्रशंसा गरोस् या ओलोचना उनलाई कुनै मतलव छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मेयर साम्पाङले हालै दिएको एउटा अभिव्यक्तिले फेरी देशभर उनको प्रशंसा चुलिएको छ । साधारण जीवनशैली र जनतासँगै घुलमिल गरेर काम गर्ने शैलीका कारण विशिष्ट पहिचान बनाएर अघि बढिरहेका साम्पाङले निकैनै मन छुने अभिव्यक्ति दिएका छन् । जुन अभिव्यक्तिका कारण उनको प्रशंसा चुलिएको छ ।
मेयर भएर पनि कहिले गिट्टी कुट्ने कहिले ढुंगा बोक्ने कस्तो कुल्ली जस्तो मेयर भनेर आलोचना गर्नेहरुलाई मुख बन्द हुने गरी साम्पाङले जवाफ दिएका छन्। हो म किसान ,मजुदुर नै हो म कुल्ली मेयरनै हो भनेर उनले जवाफ दिएका छन् । जनता भन्दा फरक हुन मन छैन भन्दै साम्पाङले आफुलाई कुल्ली मेयर भनेका छन् ।
आफु साधारण जीवनशैलीमा बस्न चाहने भन्दै साम्पाङले मेयर हुन भन्दा पहिलेको जीवनशैलीमा मेयर भए पछि पनि कुनै फरक नभएको र अब फेरी पनि नहुने बताएका छन् । हिजो पनि जनतासँगै जनता जस्तै भएर बसेको र अहिले पनि जनताभन्दा फरक हुन मन नलागेको उनले भनेका छन् ।