काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतार–चढाव आइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबारको बजारमा प्रतितोला २ सय रुपैयाले घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजावी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११६० रुपैयाँ रहेका पनि महासंघले जनाएको छ ।