ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी

समाचार

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो ।

 

आगलागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान, चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।

 

एकैसाथ तीन सिलिन्डर पड्केर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाइते भएका छन् । घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन्।

 

यो पनि पढ्नुहोस

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

 

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ? पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published.