सिन्धुपाल्चोक केन्द्र भएर भर्खरै गयाे ठूलाे भूकम्प काे धक्का !
सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
अन्य समाचार :- असार ३२ गते । नेपालमा आज यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)
पछिल्लो चौबिस घण्टामा देशभर थप २०५ जना को- रोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ५१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ९० नमुना परीक्षण गर्दा २०५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ९९ जनाको पीसीआर नमुना परीक्षण गर्दा १५२ र १ हजार ८९१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५३ जना रहेका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२, भक्तपुरमा ७ र ललितपुरमा ११ जना गरी उपत्यकामा १ सय जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३८५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ३४४ जना र संस्थागत आइसोलेसनमा ४१ जना रहेका छन् । त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १७ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।