दक्षिण कोरिया :
दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका छन् ।बिहीबार कार्यस्थल मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेको बताइएको छ । मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । त्यस्तै यस अघि पनि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
यो पनि, हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक:हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****