प्रहरी तालिमकै क्रममा बेहोस भएर जवानको मृत्यु, रामघाटमा अन्त्येष्टि.. मनमा दया भए Rip लेख्नुहोला !

समाचार

पर्वत : गण्डकी प्रदेश प्रहरी गण पोखरामा चलेको तालिमका क्रममा बेहोस भएकी एक प्रहरी जवानको मृत्यु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ असोज १७ गतेबाट सुरु भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७–०३ औँ समूहमा तालिमका क्रममा नियमित शारीरिक अभ्यासको क्रममा बागलुङको जैमिनी नगरपालिका–९ पैयूँथन्थाप घर भएकी करिब २० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो।

 

तालिम केन्द्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीका अनुसार गत असार २४ गते अभ्यासकै क्रममा आफूलाई स्वास्थ्यमा कठिनाइ भएको बताएकी उनी अचानक बेहोस बनेकी थिइन्। तत्कालै उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। चिकित्सकहरूले ‘मल्टी अर्गान फेलर’ का कारण उनको मृत्यु भएको बताएको डिएसपी केसीले बताए।

 

‘यहाँबाट उहाँका कागजातहरू केन्द्रमा पठाउँदै छौँ। सरकारी सेवामा प्रवेश गरी तालिमका क्रममा उहाँको निधन भएकोले सरकारी नियमानुसार पाउने सुविधाहरू पाउनुहोला,’ उनले भने, ‘सुविधाको बारेमा यहाँबाट निर्णय हुँदैन, केन्द्रबाट नै सबै कुरा हुने हो।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.