मन्दिरको सपनालाई सही तरिकाले अर्थ्याउनको लागि, तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ। तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ।
कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।मन्दिरको सपनालाई कसरी अर्थ्याउने? :
सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।
